Flash

पछिल्लो समय नेपाली सिनेमा क्षेत्रमा दर्शक हराईरहेको अवस्था छ । करिब ४ महिना यता नेपाली फिल्महरुले अपेक्षाकृत सफलता पाउन सकिरहेको छैन । निर्माताहरुको कराडौँ लगानी डुबिरहेका छन् तर पनि नयाँ फिल्महरु बन्ने क्रम भने रोकिएको छैन । पछिल्लो समय नेपाली समय नेपाली सिनेमा क्षेत्र निरासाजनक नै देखिएको छ भन्दा फरक पर्देन । चर्चित कलाकारहरुको फिल्मले समेत दर्शकहरु उल्लेखनियरुपमा तान्न सकिरहेको छैन । यस्तोमा शुक्रबारबाट दुई फिल्म साइँली र शुभ लभ रिलिज भएका छन् । यी दुई फिल्महरुले पनि भने जस्तो दर्शक पाउन सकिरहेको छैन । तथापी साइँलीले भने केही राम्रो व्यापार गरिरहेको छ तर अपेक्षाकृत भने होईन । शुभ लभले पनि दर्शकहरुको मायाबाट सन्तोष रहेको बताएको छ । शुक्रबार दुबै फिल्मका हलहरुमा दर्शकहरुको खडेरी नै परे पनि शनिबार भने अधिकांश हलमा दर्शकहरुको उपस्थिती राम्रो थियो ।

शुभ लभका वितरणको जिम्मा लिएको एफडि कम्पनीका म्यानेजिङ डाइरेक्टर शुशील पोखरेलले फिल्मले दुई दिनमा सन्तोषजनक कलेक्सन गरेको बताए । उनले फिल्मको माउथ पब्लिसिटी राम्रो भएकोले अबका दिन दर्शक बढ्ने आसा गरेका छन् । उनले फिल्मको २ दिने कलेक्सन १८/२० लाख ग्रस रहेको बताउँछन् । फिल्ममा ज्योतिष डेब्यु नायक हरिहर अधिकारी र डेब्यु नायिका क्रिस्टिन पौडेलको अभिनय रहेको छ । प्रदिप कुमार उदयले निर्माण गरेको यस फिल्मलाई सन्तोष बाबु लोहनीले निर्देशन गरेका छन् । यता रामबाबु गुरुङले निर्देशन गरेको फिल्म साइँलीको सामाजिक सञ्जालमा निकै चर्चा भईरहेको छ ।

फिल्मको कथालाई अधिकांशले रुचाएका छन् । समिक्षकहरुले समेत फिल्मको प्रशंसा गरेका छन् । फिल्मको माउथ पब्लिसिटी निकै राम्रो छ त्यसैले भोलीका दिन अझै दर्शक बढ्ने वितरक मनोज राठी बताउँछन् । फिल्मको ओपनिङ राम्रो छ । शुक्रबार भन्दा शनिबार फिल्मको कलेक्सन तेब्बर छ । फिल्मको २ दिने कलेक्सन हात नपरिसकेको वितरक बताउँछन् । यता फिल्मले मल्टिप्लेक्समा राम्रो शोहरु पाईरहेको छ भने आज बिहानैदेखि राजधानी भित्र र बाहिरका मल्टीप्लेक्समा फिल्मले पाएको सोज अधिकांश सोल्ड आउट थिए । फिल्ममा दयाहाङ राई , मेनुका प्रधान , गौरव पहारी , केनिपा सिंह लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

Published date : 2019-03-31

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ