Flash

विराटनगर, १७ चैत । विराटनगरमा ‘पूर्वाअञ्चल लिटिल स्टार सौन्दर्य प्रतियोगिता २०१९’ हुने भएको छ । साईमन फिल्म ईन्टरटेनमेन्ट मुम्वईको प्रस्तुति तथा भाईरल डान्स स्टुडियोको आयोजनामा प्रतियोगिता हुन लागेको हो ।

७ बर्षदेखि माथि १४ बर्षसम्मका साना नानीहरुमा लुकेर रहेका प्रतिभाको खोजी गर्ने उदेश्यले लिटिर स्टार ब्यूटी प्याजेन्ट गराउन लागिएको हो । आगामी चैत २२ गते पहिलो अडिसन हुने साईमन फिल्म ईन्टरटेनमेन्ट मुम्वईका अध्यक्ष साईमन राजवंशीले जानकारी दिए ।
विद्यालय स्तरमा अध्ययनरत स–साना बालबालिकाहरुको विद्यालय विदाको समयमा उनीहरुको समयको सदुपयोग गर्दै लिटिल स्टार व्यूटि प्याजेन्ट गर्ने तयारी भएको राजवंशीले बताए । अडिसनबाट छनौट भएका प्रतिस्पर्धीलाई १५ दिनसम्म ३ घन्टा विभिन्न व्यक्तित्व विकास तथा क्षमता अभिवृद्धी सम्बन्धी तालिम प्रदान गरिने आयोजकले जनाएको छ ।

१५ दिनसम्म तालिम पश्चात सर्बोत्कृष्ट एक जना विजेतालाई नगद ५१ हजार पुरस्कार प्रदान गरिने आयोजक भाईरल डान्स स्टुडियोका साहिल खानले जानकारी दिए ।प्रतियोगितमामा सहभागी हुने विद्यार्थीकालागि रङ्गेली रोडमा रहेको प्रभु बैंक उत्तर गल्ली स्थित भाईरल डान्स स्टुडियोमा चैत्र २२ गते शुक्रबार अडिसन हुनेछ ।

Published date : 2019-03-31

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ