Flash
चैत्र १७, काठमाण्डौँ । ‘नाट्यश्वर हामि सबै कलाकारहरुको शान, कला र कलाकारिताको जगेर्ना गर्ने हाम्रो अभियान’ भन्ने मूल नाराका साथ आयोजना गरिएको ‘नाट्यश्वर म्यूजिक अवार्ड २०७५’ को सर्वोकृष्ट लोकदोहोरी जुरि अवार्ड मोडल महिलाको उपाधी आयुश्मा ले जितेकी छन् ।
उक्त अवार्ड समारोहमा तामाङ सेलो, म्हेन्दोमाया, लोक दोहोरी, आधुनिक र पप विधामा कलाकारहरुलाई अवार्ड प्रदान गरिएको थियो । नाट्यश्वर म्यूजिक अवार्ड २०७५ ले आयोजकले आयुश्मालाई नेपाली लोकदोहोरी गीत संगीतको क्षेत्रमा सर्वोकृष्ट रुपमा सेवा गरे वापत सो अवार्ड प्रद्धान गरेको हो ।
काठ्मान्डौ निवासी मोडल आयुश्माद्धारा अभिनय गरिएको सिरमा सिन्दुर बोलको गीतबाट उपाधी चुम्न सफल भएकी हुन ।
अवार्ड ग्रहण गरे सगैँ कुरा गदै अवार्डले सकारात्मक काम गर्नको प्रेरणा मिलेको र आम दर्शक तथा स्रोताको साथ र सहयोगबाट आजको स्थानमा पुग्न सफल भएका कारण सबै प्रति हार्दिक धन्यवाद समेत ब्यक्त गरिन ।
Published date : 2019-04-01