Flash
चैत १८ काठमाडौ
“नाट्यश्वर हामी सबै कलाकारको सान , कला र कलाकारीताको जगेर्ना हाम्रो अभियान” भन्ने मुल नाराका साथ आयोजना गरिएको नाट्यश्वर म्युजिक अवार्ड कार्यक्रम सम्पन्न भएको छ ।
गणतन्त्र नेपालका प्रथम महामहिम राष्ट्रपति डा. रामवरण यादवको प्रमुख अतिथि रहेको उक्त कार्यक्रममा विभिन्न बिधाका कलाकर्मिहरुले अवार्ड पाएका छन भने आयोजक समितिले पत्रकार सुजन बिश्वकर्मा “भावुक” लाई सम्मान गरेको छ ।
नेपाली संगीत ,कला , साहित्य एवं संस्कृतिको बिकासमा आयोजित नाट्यश्वर म्युजिक अवार्ड २०७५ का अवसरमा रंग पत्रकारीताको माध्यमबाट योगदान पुर्याएको भनेर कदर गर्दै आयोजक समितिले सुजन बिश्वकर्मा “भावुक”लाई सम्मान पत्र दिएको हो ।
परदेशमा रहेर पनि निरन्तर पत्रकारितामा कलम चलाउदै आएका सुजन बिश्वकर्मा ताजा पत्रीका डट कमका सह-सम्पादक हुन भने उनले नेपाली सांगीतिक तथा कलाकारीता क्षेत्रमा रहेका हरेक गतिविधिलाई नजिकैबाट नियालेर कलम चलाउदै निष्पक्ष रुपमा पत्रकारको भुमिका निभाएको हुँदा कार्यको उच्च कदर गर्दै सम्मान गरिएको आयोजक समितिको भनाइ छ ।
Published date : 2019-04-01