Flash

आइतबार साँझ आएको ठुलो हावाहुरीका कारण पीडित बनेका जनता आफनो आफन्त गुमाउनु र घर समेत गुमाउदाको असह्य पीडामा रहेका छन् । यस दुखद घडीमा सबै नेपालीहरुले एक जुट भएर तराईमा परेको बिपतमा साथ दिनु पर्ने बताउँदै आएका छन् । स्वराज आचार्यले गीत नै गाएका छन् “पहाडमा जाडो बढे , तराईले सेक्नु पर्छ आँधी आए तराईमा पहाडले छेक्नु पर्छ” यस दुखद घडीमा एक नेपालीको घाउमा मलहम लगाउने काम अर्काे नेपालीले गर्नु पर्छ । यही भाव बोकेर नेपाली सिनेमा क्षेत्रका लोकप्रिय नायक प्रदिप खड्काले ५० हजार सहयोग गर्ने घोषणा गरेका छन् । प्रदिपले निर्माता गोविन्द शाहीसंग संयुक्तरुपमा ५० हजार सहयोगको घोषणा गरेका हुन् ।

उनले बारा र पर्सामा भएको घटनाप्रति दुख व्यक्त गर्दे सो सहयोगको घोषणा गरेका हुन् । उनले सो रकम सिडियो कार्यालयले सञ्चालन गरेको बिपत व्यवस्थापन कोषमा दिने घोषणा गरे। उनले यस दुखद घडीमा सबै जनाले राहत कोषमाफर्त सहयोग गर्न अपिल गरे । साथै उनले उक्त सहयोगलाई फिल्म लभ स्टेशनसंग नजोड्न पनि आग्रह गरे । यता निर्माता गोविन्द शाहीले मृतक परिवारप्रति सहानुभुती जनाउँदै मृतकप्रति श्रृद्धान्जली व्यक्त गरे ।

उनले बारा र पर्सामा आईपरेको दुख र विपत सबै नेपालीको भएको भन्दै सबैले मिलेर एक नेपालीले अर्काे नेपालीलाई सहयोग गर्नु पर्ने बताए । यसअघि पनि यी दुईले दुबै हात गुमाएकी मेघा घिमिरेलाई एक लाख आर्थिक सहयोग गरेका थिए भने संयुक्त एकता अपांग आवाज केन्द्रमा आश्रित ४५ जना अनाथ बालबालिकाको नीजि विद्यालयमा पढाउँदा लाग्ने भर्नासहित तीन महिनाको मासिक शुल्क प्रदान गरेका थिए । प्रदिप र गोविन्दले संयुक्तरुपमा निर्माण गरेको फिल्म लभस्टेशन चैत्र २२ बाट अलनेपाल रिलिज हुँदैछ ।

Published date : 2019-04-01

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ