Flash

काठमाडौं,
चैत्र १९ ।

धुर्मुस सुन्तली फाउण्डेशनले बारा जिल्लाका चार सय आँधी प्रभावित परिवारलाई राहात वितरण गरेको छ । बाराको फेटा गाउँपालिका ६, पुराईनियाँ पुगेर फाउण्डेशनले राहात वितरण गरेको हो ।

हावाहुरीले अकल्पनीय क्षति पुर्याएपछि तराई झरेका फाउण्डेशन अध्यक्ष सिताराम कट्टेल (धुर्मुस)ले गाउँपालिका अध्यक्ष अमिरीलाल प्रसाद शाहलगायत जनप्रतिनिधीको रोहवरमा प्रभावितहरुलाई चामल, त्रिपाल र चाउचाउ वितरण गरेका हुन् ।

पिडितहरुलाई तत्कालका लागि बस्न र खानको लागि समस्या रहेकाले त्रिपाल र खाद्यन्न वितरण गरिएको उनको भनाई छ । प्रभावित क्षेत्रका अधिकाँस घरहरु हावाहुरीले उडाएर तहसनहस बनाएको छ भने विद्युतका पोलहरु ढलेका कारण गाउँ पुरै अन्धकारमा छ ।

Published date : 2019-04-02

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ