Flash

काठमान्डौँ ।

फिल्म ‘आरुसी’ को पहिलो गीत रिलिज गरिएको छ । ओएसआर युट्युव च्यानलमा मार्फत शनिबार फिल्मको अफिसियल गीत सार्वजनिक गरिएको हो ।
सार्वजनिक गीतमा डेव्यु नायक इशक राई र नायिका कला राई फिचर भएका छन् । ‘मरे भने मरेको पल’ बोलको गीतमा दीपक लिम्बु र अन्नु चौधरीको स्वर रहेको छ । दिनेश राउतको शब्दमा तारा प्रकाश लिम्बु संगीतबद्ध गीतमा दीनेश पाख्रिनको कोरियोग्राफी हेर्न सकिन्छ । विक्रम डिसीले छायांकन गरेको चलचित्रलाई सुजन बडालले सम्पादन गरेका हुन् ।
गणपति फिल्मस्को व्यानरमा निर्माण भएको चलचित्रलाई उदय सुब्बाले निर्देशन गरेका हुन् । मौनता श्रेष्ठको पटकथा तथा संवाद रहेको चलचित्रलाई साहारा प्रधान, केशव कुमार श्रेष्ठ र विरु गुरुङले संयुक्त रुपमा निर्माण गरेका हुन् । चलचित्रमा इशक र कलाको अलवा रमा लिम्बु, सुनिल थापा, सुरविर पन्डित, दमन रुपाखेती, विरु गुरुङ, भूपेन्द्र लिङ्देन लगायतका कलाकारको अभिनय रहेको छ ।

Published date : 2019-04-02

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ