Flash

रोशन पोखरेल , विराटनगर ।

 

नेपाली गीत सँगीतमा निरन्तर रुपमा क्रियाशिल साहरा फिल्म एण्ड इन्टरटेन्मेन्ट प्रा लीको प्रस्तुतिमा सुरेश सि एन घायल र जोर बुढा मगरको दोश्रो लोक सौगात “ दंगाली काले ” डिजिटल बजारमा सार्वजनिक भएको छ । सुरेश सि एन घायल र गायिका संगिता गतौलाको सुमधुर आवाजमा रहेको गीतको शब्द सुरेश सि एन घायल ले गरेका छन भने शब्द संयोजन जोर बुढा मगरको रहेको छ ।

गितको भिडियोमा युवा युवतिहरु विचको माया को चर्चा परिचर्चा गरेको छ । युवा अवस्थामा एक अर्का प्रतिको आकषर्ण र मायामा परेका जोडीको हेराईको दृष्टिकोणलाई समेटिएको छ । गायक सुरेशका अनुसार युवाहरुको चाहना अनुसारको निकै राम्रो भिडियो तथा अडियो निमार्ण गरेको बताए ।

साहरा फिल्म एण्ड इन्टरटेन्मेन्टको युट्युव च्यानलबाट सार्वजनिक गरिएको उक्त गीतको म्युजिक भिडियोमा अहिलेका निकै ब्यस्त तथा कुशल निर्देशन शिवन पोखरेलले गरेका छन अजय रेग्मीको छायँकन गरेका छन ।

भिडियोमा दंगाली कालेको भुमिकामा आफनी प्रेमीका करिष्मालाई फकाउनको लागी निकै प्रयासरत रहेका देखिएका छन कुशल तथा मेहनती कलाकार काजिश श्रेष्ठ । गितको भिडियोमा काजिश , र करिष्मा ढकालको जिवन्त अभिनय देख्न सकिन्छ । “ दंगाली काले ”को भिडियोलाई अधिनायक मान शेरचनले सम्पादन गरेका हुन ।

“ दंगाली काले ” भिडियो हेर्न तल क्लिक गर्नु होला ।

Published date : 2017-12-26

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ