Flash

काठमाडौं, २५ चैत ।

चलचित्र यात्रा युनिटले आफ्ना दर्शकहरुलाई लक्षित गर्दै नयाँ अफर ल्याएको छ । चलचित्रको ट्रेलर हेरेर उत्तर मिलाउने दर्शकले एक लाख रुपैयाँ पुरस्कार जित्ने अफर चलचित्र युनिटले अगाडि सारेको हो ।

प्रतियोगितामा भाग लिन चाहने दर्शकहरुका लागि चलचित्र युनिटले केही नियमहरु अगाडि सारेको छ । चैत २९ गते रिलिज हुन लागेको चलचित्र ुयात्राुको एक पात्र तपस्याले कसरी दृष्टि गुमाइन् भन्ने प्रश्नको ७ उत्तरमध्ये एक सही उत्तर दर्शकले मिलाएर एक लाख पुरस्कार जित्नेछ ।

मेरोमकै डट कममार्फत् सार्वजनिक गरिएको प्रतियोगितामा भाग लिन जततउकस्ररmभचयmबपबष्ष्।अयmरथबतचब लिंक क्लिक गरेर उत्तर दिनुपर्नेछ ।

यस्त छन् प्रतियोगितामा सहभागी हुनेले पालना गर्नुपर्ने नियम र प्रश्न(

चलचित्र ुयात्राुमा गायिका तपस्याले कसरी दृष्टि गुमाइन् रु कृपया तल दिइएका मध्ये एक उत्तर रोज्नुहोस्(
१। उनी दृष्टिविहीन छैनन् । उनले अभिनय मात्रै गरेकी हुन् ।
२। उनी दुर्घटनामा परिन् र टाउको ठोक्किँदा दृष्टि गुमाइन् ।
३। उनले प्रशस्तै टिभी हेरिन् र हरियो सागसब्जी खाइनन् ।
४। उनी जन्मजात दृष्टिविहिन हुन् ।
५। कसैले यस्तो बनाइदिए, किनकी तपस्याले उनीहरुको गैरकानुनी क्रियाकलाप ९हत्याबाहेक० देखेकी थिइन् ।
६। कसैले यस्तो बनाइदिए किनकी तपस्याले उनीहरुले कसैलाई हत्या गरिरहेको देखेकी थिइन् ।
७। माथिका कुनै पनि होइनन् ।

प्रतियोगिताका नियमहरुः
१। ुयात्राु चलचित्रका कुनै पनि टिम तथा प्राविधिक पक्षका व्यक्ति यसमा भाग लिन पाउने छैनन् ।
२। एकभन्दा बढी उत्तरहरु स्वीकार्य छन् तर सबैभन्दा अन्तिम जवाफले अघिल्ला जवाफहरुलाई विस्थापित गर्नेछन् । सबैभन्दा अन्तिम जवाफ मान्य हुनेछ ।
३। एकभन्दा बढी व्यक्तिहरुको सही उत्तर भएमा लक्की ड्रद्वारा भाग्यशाली विजेता घोषणा प्रदान गरिनेछ । लक्की ड्रलाई फेसबुकबाट लाइभ प्रसारण गरिनेछ ।
३। प्रतियोगताको समय नेपाली समयअनुसार १२ अप्रिल, शुक्रबार बिहान ८ बजे सकिनेछ र पुरस्कार घोषणा ३ मे २०१९, शुक्रबारको दिन हुनेछ, जसलाई फेसबुकबाट प्रत्यक्ष प्रसारण गरिनेछ ।
४। प्रतियोगितामा संसारका जोकोहीले पनि भाग लिने सक्नेछ । यदि भाग्यशाली विजेता नेपालबाहिरको भएमा, विजेताले तोकेको व्यक्ति वा नेपालको कुनै गैरनाफामुलक संस्थालाई पुरस्कार प्रदान गरिनेछ ।
५। यो प्रतियोगिता रमाइलोको लागि गरिएको हो । त्यसैले कृपया तपाईंको साथी र परिवारसँग शेयर गर्नुहोस् र रमाइलो गर्नुहोस् ।

Published date : 2019-04-08

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ