Flash

यतिबेला विश्वभर यदि कुनै एप सर्वाधिक लोकप्रिय छ भने त्यो हो टिकटक । यो विश्वभर आफनो देशको गीत संगीतका प्रचार प्रसार गर्ने राम्रो माध्यम बनिरहेको छ भने यसले धेरैलाई सेलिब्रेटी नै बनाईदिएको छ । आफनो कला प्रस्तुत गर्ने राम्रो माध्यम बनिरहेको टिकटकको लोकप्रियता नेपालमा पनि उस्तै छ । जहाँ कतिपय प्रयोगकर्ताहरु सेलिब्रेटी नै बनेका छन् । तीमध्य पर्ने नाम हो जुम्याहा दिदीबहिनी प्रिस्मा र प्रिन्सी खतिवडा । केही समय अगाडीमात्र एक म्युजिक भिडियोमा काम गरेका यी दिदीबहिनीले दोस्रो म्युजिक भिडियोमा पनि काम गरेका छन ।

टिकटकबाट राम्रो फ्यानफलोईङ कमाएका प्रिस्मा र प्रिन्सीले दोस्रो कामको रुपमा चर्चित एवं लोकप्रिय गायक प्रमोद खरेलसंग काम गर्ने मौका पाएका छन् । प्रमोदको आवाजमा रहेको नयाँ गीतको भिडियोमा प्रिस्मा र प्रिन्सीले काम गरेका हुन् । भद«गोलका कलाकार एवं निर्देशक दिपक आचार्यको निर्देशनमा बनेको भिडियोमा यी दुईले काम गरेका हुन् । चर्चित गीत झुम्कावाली कै शैलीमा आउन लागेको उक्त गीत चाडै नै रिलिजको तयारीमा रहेको छ । यसअघि प्रमोदले ल्याएको गीत झुमा झुम्कावाली दर्शक तथा श्रोताहरुले निकै रुचाएका थिए ।

Published date : 2019-04-09

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ