Flash
राजु बोहरा–काठमाडौँ । नेपाली गीत संगीतका अनुरागीहरु माझ गायक तथा सारंगी बादक हेमन्त कान्छा रसाइलीले पछिल्लो समयमा छुट्टै स्वादका गीत संगीतहरु बजारमा ल्याइरहेका छन् । उनले केहि गीत कभर गीतको रुपमा पनि सार्बजनिक गरेका छन् । यसरी कभर गीतको रुपमा सार्बजनिक गीत सम्बन्धित कलाकार सर्जक संगको अनुमतिमा आफुले सार्बजनिक गरेको कुरा जानकारी गराएका छन् ।
यसरी सार्बजनिक गरिएको गीतको म्युजिक भिडियो हरेक रातको ९ बजे देखि ११ बजे सम्म संगीत सरोबरको लाइक पेज अन्तर्गत प्रसारणमा आउने कार्यक्रम संगीत सरोबरमा अत्याधिक दर्शकहरुले उच्च रोजाइमा पनि पारेका छन् । युट्युबको माध्यम बाट भ्यु प्रसस्त भएता पनि यस कार्यक्रममा हेमन्त द्वारा स्वर बद्ध गीतहरु बजाईरहंदा पुनः प्रसारण गरिदिन पर्यो भन्ने किसिमको दर्शकहरुबाट अनुरोध आउँदा संचालकले वास्तविक गीतको मिठासता बल्ल आफुले प्रसारण गर्न पाएको अनुभूति गरेका छन् ।
यी बिभिन्न गीतहरुका साथै हेमन्तले फेरी अशंख्य परदेशीहरुको यथार्ततालाई चित्रण गर्दै एक गीत भर्खरै बजारमा पठाएका छन् । उक्त गीत “कति बसौं बाबा कै भरमा” बोलको रहेको छ । मान्छे जन्मिन्छ हुर्किन्छ अनि युवा अवस्थामा पुगेपछि बल्ल आफ्नो जिबन बुझ्न थाल्दछ ।जिबन बुझ्ने क्रममा आफ्नो जन्म दिने आमा बाबा प्रति पनि उ चिन्तित रहन्छ । यसपछी अब आफैंले पनि घर धन्नका निमित्त अविभारा काँधमा बोक्नु पर्दछ भने सोचका साथमा परदेशीए पछीका कथालाई लिएर तयार पारिएको यस गीतमा हेमन्त कै स्वर संगीत रहेको छ भने शब्द हेमन्त संगै बिष्णु खतिवडाको रहेको छ ।
भिडियो हेर्न तल क्लिक गर्नु होला ।
Published date : 2019-04-19