Flash

नेपाली सिनेमा क्षेत्रमा कमै मात्र यस्ता प्रेमी जोडीहरु छन् जो खुलेर प्रेम गर्छन् । तीनै जोडीहरुमा पर्ने नाम हो चर्चित कोरियोग्राफर एवं निर्देशक रेनशा वान्तवा राई र निर्माता प्रज्जवल शम्सेर जबरा । लामो समयदेखि प्रेम सम्बन्धमा रहेका यी दुईले बैवाहिक जीवनमा बाँधिने निर्णय गरेका छन् । सोही योजनालाई मुर्तरुप दिन यी दुईले इन्गेज्मेण्ट गरेका छन् । बैशाख २४ मा बैवाहिक जीवनमा बाँधिन लागेका रेनशा र प्रज्जवलले एक भव्य समारोहकाबीच औँठी साटासाट गरे । करिब एक दशक अघि मेरो एउटा साथी छको सेटबाट प्रेम सम्बन्धमा रहेका उनीहरुले पारिवारिक जमघटकाबीच आइतबार राजधानीमा रहेको शंकर होटलमा इन्गेज्मेण्ट गरेका हुन् ।

प्रज्जवल आइकोर फिल्मसका मालिक प्रभु शम्सेर जबराका छोरा हुन् । अहिले यो कम्पनी प्रज्जवले चलाउँदै आएका छन् । उनले लगातार फिल्म निर्माण गरिरहेका छन् । उनले यसअघि इन्टु मन्टिु लण्डनमा निर्माण गरे जसलाई रेनशाले निर्देशन गरेकी थिईन् । बिवाहपछि पनि फिल्मलाईनलाई निरन्तरता दिने बताउँदै बिवाह लगत्तै उनी प्रज्जवलकै निर्माणमा रहेको फिल्म आई एम ट्वान्टिवानको निर्देशन गर्नेछिन् । फिल्म धिरज मगर पक्का भईसकेका छन् भने जसिता गुरुङ नायिकामा रहने खबर छ । यता प्रज्जवलले मेरो एउटा साथी छ को पनि सिक्वेल निर्माण गर्देछन् ।

Published date : 2019-04-22

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ