Flash

गत वर्षको फागुनमा लगनगाँठो कसेका नेपाली चलचित्र क्षेत्रका क्यूट कपल वर्षा राउत र संजोग कोइराला अहिले हनिमुन ट्रिपमा छन् ।केही दिन अगाडि मात्र उनीहरु हनिमुन मनाउन फ्रान्स उडेका थिए । अहिले उनीहरु फ्रान्सको राजधानी पेरिसका रमणीय स्थानहरु धुमधाममा व्यस्त छन् । दुबैले धुमधामको क्रममा खिचिएका तस्वीरहरु सामाजिक सञ्जालमा साझेदार गरिरहेका छन् ।अभिनेत्री वर्षाले पेरिस पुगेसँगै श्रीमान् संजोगसँगका केही रोमान्टिक तस्वीर आफ्नो आधिकारिक फेसबुकमा साझेदार गरेकी छन् । तस्वीरमा दुबै रोमान्टिक देखिएका छन् । एक तस्वीरमा वर्षालाई संजोगले अंगालोमा लिएका छन् । भने, दोस्रो तस्वीरमा वर्षाले संजोगलाई गालामा चुम्बन गरेकी छन् । दुबै तस्वीरको पृष्टभूमिमा एफिल टावर देख्न सकिन्छ ।बैबाहिक जीवनमा बाँधिएको करीब डेढ महिनापछि उनीहरु हनिमुन ट्रिपमा निस्किएका हुन् । किनकि, विवाह लगत्तै अभिनेत्री वर्षा फिल्म ’जात्रै जात्रा’ को छायांकनमा व्यस्त हुनु परेको थियो । जात्रैजात्राको फिल्मको छायांकन पूरा भएलगत्तै श्रीमान् संजोगसँग उनी हनिमुनका लागि पेरिस उडेकी हुन् । विवाह पूर्व उनीहरु ७ वर्ष अफेयरमा थिए ।गएको शुक्रवार त्रिभुवन विमानस्थलमा श्रीमान् संजोगसँग भेटिएकी वर्षाले हनिमुन ट्रिप करीब तीन साताको हुने बताएकी थिइन् । बैशाख २० मा आउने फिल्म ’दाल भात तरकारी’ को प्रमोसनमा सहभागी हुन नपाउने जानकारी गराउँदै उनले जेठ ३ मा रिलिज हुने फिल्म ’जात्रै जात्रा’ को प्रमोसनको बेला भने आफू काठमाडौं आइपुग्ने वाचा गरेकी छन् ।

Published date : 2019-04-24

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ