Flash

साङलो फिल्म निर्माण एवं निर्देशन गर्न लागेका नायक बिराज भट्टले सोमबार साँझ कुटपिट गरेका निर्माण नियन्त्रक शंकर पाण्डेसंग माफी मागेका छन् । नायक र प्राविधिकबीचको विवाद सुल्झ्याउन मंगलवार दिउँसो चलचित्र प्राविधिक संघले बोलाएको बैठकमा बिराजले माफी मागेका हुन् । बिराजले पाण्डेमाथि हात हाल्नु आफनो गल्ती भएको भन्दै माफी मागेका हुन् । उनले फिल्मका निर्माण नियन्त्रक शंकर पाण्डेलाई कुटेर भुईमा ढालेका हुन् । लामो समयदेखि उनी साङलोको सुटिङका लागि तयारी गरिरहेका छन् तर फिल्म फ्लोरमा जान सकेको छैन ।

 

यही बिषयमा छलफल गर्नका लागि उनले पाण्डेलाई क्याफेमा बोलाएका थिए । सोमबार साँझ नयाँ बानेश्वरमा स्थित एक क्याफेमा भएको भेटपछि उठेको बिवादले बिराटले पाण्डेलाई कुटेका हुन् । बिराजले पाण्डेलाई फागुनबाट फिल्म सुरु गर्ने भन्दै पुसमा प्रोडक्शन डिजाइनरको रुपमा सम्झौता गरेका थिए । तर फिल्म फ्लोरमा जान सकेको छैतन । यता पाण्डेले बिराजसंग भेटको क्रममा फिल्ममा काम गर्न नसक्ने बताए । उनले काम गर्न नसक्ने भए पैसा फिर्ता मागे ।

 

पाण्डेले आफुले फिल्मका लागि ४ महिनाभन्दा बढी समयदेखि समय दिएकोले पैसा फिर्ता नगर्ने भनेपछि बिराजको पारो चढ्यो अनि उनले पाण्डेलाई मुक्का बर्साए ।बिराजको मुक्काले पाण्डे भुँईमा नै ढले । त्यसपछि संगै गएका चलचित्र प्राविधिक तथा निर्माता केशव घिमिरेले बिराजलाई छुट्टाए त्यस समय पाण्डेले पनि बिराजलाई मुक्का बर्साए । यता प्राविधिक संघले बिराजले आफनो संघका सदस्य पाण्डेमाथि अपशब्द प्रयोग गर्दे कुटपिट गरेको भन्दै आलोचना गरेको थियो ।

 

Published date : 2019-04-24

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ