Flash
काठमाडौं– संगीतकार तथा संगीत निर्देशक बिजु बज्रको निधन भएको छ।
बज्रको आइतबार बिहान हृदयघातका कारण काठमाडौंको सिभिल हस्पिटलमा निधन भएको हो।
४८ वर्षीय बज्र नेपाली संगीत क्षेत्रमा एक सक्रिय स्रष्टाका रुपमा चिनिएका संगीतकार हुन्।
०२८ सालमा गुल्मीको बामी टक्सारमा जन्मिएका बज्र २१ वर्षकै उमेरमा ०४९ सालमा रेडियो नेपालको स्वर परीक्षा पास गरी नेपाली संगीत क्षेत्रमा प्रवेश गरेका थिए।
‘झरी परिरह्यो मनमा थामिदैन आँसु…’ ‘बिस्तारै छायो आँखामा अँध्यारो…’, ‘तिमी म भन्दा कोसौं टाढा छौ…’, ‘मै ठूली भै छुरे…’ लगायत १५ सय बढी गीतमा संगीत भरेका बज्र यसअघि दुुई पटक हृदयघातबाट अस्पताल भर्ना भइसकेका थिए।
मुटुको अप्रेसनपछि बज्रको स्वास्थ्य अवस्था सामान्य बनेको थियो।
बज्रका श्रीमती, २ छोरा र १ छोरी छन्।
Published date : 2019-04-28