Flash
एजेन्सी। भारतीय कमेडियन कपिल शर्माको शो ‘द कपिल शर्मा शो’ यतिबेला चर्चामा छ। सफलताको श्रेणी चढिरहेका कपिल शर्माले डिजिटल प्लेटफार्मकालागि एउटा कमेडी शो बनाउने योजना बनाएको भारतीय संचारमाध्यमले जनाएका छन्।
स्रोतलाई उद्धृत गर्दै भारतीय संचारमाध्यमले कपिल यतिबेला निकै खुशी अवस्थामा छन् किनभने यतिबेला उनको व्यावसायिक र निजी जीवन दुवै राम्रोसँगले चलिरहेको छ।
द कपिल शर्मा शो दर्शक माझ फेरि आफ्नो पहिचान बनाउन सफल भएको छ। यसले कपिललाई आफ्नो ब्यानर के ९ प्रोडक्शनमार्फत प्रोडक्शनमा फेरि आफ्नो भाग्य चम्काउन सहयोग गरेको छ।
कपिलकी पत्नी गिन्नी चतरथले पनि कपिलको कामलाई सम्हालेकी छन्। जसमा उनले रिजनल प्रेजेक्ट्सको काम गर्न सुरु गरेकी छन्। जसमा पंजाबी फिल्म र शर्ट मुभी पर्छन्।
भारतीय संचारमाध्यमका अनुसार कपिल र उनको टीम स्टेण्ड अफ कमेडीमा आधारित शो बनाउने योजना बनाएको छ। यस्ता धेरै कलाकार छन् जो आफ्नो प्रतिभा देखाउन उचित प्लेटफार्म पाएका हुँदैनन्। यस्ता कलाकारलाई कपिलले आफ्नो शोमा स्थान दिने छन्। यी मध्ये सबैभन्दा राम्रो काम गर्नेलाई कपिलसँग काम गर्ने मौका दिइनेछ।
Published date : 2019-05-02