Flash

नेपाली चलचित्रकी सर्वाधिक लोकप्रिय गायिका मेलिना राईको नयाँ गीतको म्युजिक भिडियो रिलिज भएको छ । भिडियोमा
नेपाली चलचित्र नगरीका कुनै बेलाका चर्चित नायक दिलिप रायमाझी अभिनित छ । मेलिना र विश्व नेपालीको युगल स्वर रहेको गीत ”बैशाख नि बित्यो असार नि बित्यो”मा दिलिप रायमाझी र जुना सुन्दास अभिनित छन । गीतमा मिलन रेग्मीको शब्द र उमेश रेग्मीको सगीत र फणिन्द्र राईको सगीत संयोजन रहेको छ । उत्सव दाहालको सिनेमाटोग्राफी बिकाश दाहालको सम्पादन र लोमस पौडेलको सह निर्देशन रहेको गीतको म्युजिक भिडियोलाई पछिल्लो समयका व्यस्त निर्देशक युवराज वाइबाले निर्देशन गरेका हुन। भिडियोलाई गोत्र इन्टरटेन्टमेन्टको यु ट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो ।

Published date : 2019-05-04

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ