Flash

दर्शकहरुले अति नै मन पराइएको जोडी पूजा शर्मा र आकाश श्रेष्ठ अभिनीत म्युजिक भिडियो रिलिज लगतै यु ट्युबको ट्रेनिङ शिर्ष स्थानतिर अघि अघि बढेको छ। जिनियस म्युजिक मार्फत सार्बजनिक भएको गीतको भिडियोमा अहिलेकी चर्चित नायिका पूजा शर्माले आठ वर्ष पछी यो म्युजिक भिडियोमा काम गरेकी हुन भने भिडियोमा आकाश र पूजाको तारिफको ओहिरो लागेको छ।”के गर्ने के गर्ने माया भन्छिन् अहिले बिहे गर्ने” गीत संयोग बस उहाँहरुकै जोडी सँग अलि अलि मेल खाए जस्तो नी लाग्छ,गीत अत्यन्तै सरल र सुमधुर छ ।रमेश पाठकको शब्द सगीत रहेको गीतमा रमेश र अहिलेकी बहुचर्चित गायिका मेलिना राईले साथ दिनु भएको छ ।

भिडीयोमा अत्यन्त शुन्दर तबरले कलाकारहरुलाई देखाइएको छ हेर्दा आनन्द महसुस हुन्छ। ज्ञानेन्द्र शर्माको छायाँकन, पवन सुसलिंगको सम्पादन रहेको भिडियोमा आकाश श्रेष्ठ र पूजा शर्माको साथमा गोमा के.सी. र उमाकान्त सापकोटाको पनि छोटो भुमिका देख्न सक्नुहुनेछ। भिडियोलाई अहिलेका चर्चित निर्देशक शिब बिकले निर्देशन गरेका हुन ।

Published date : 2019-05-06

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ