Flash
पछिल्लो समय लोक-दोहोरी गीतको क्रेज निकै गज्जबको छ । लोक दोहोरी गीत सुन्ने वा हेर्ने दर्शक-स्रोता बढेका छन् । दोहोरी गीतहरुले पनि निकै सफलता पाइरहेको अवस्था छ ।
फिल्ममा पनि लोक गीतलाई विशेष स्थान दिन थालिएको छ । धेरै फिल्महरुमा लोक गीत समावेश गरिएको हुन्छ । फिल्ममा समावेश गरिएको लो गीतले पनि निकै सफलता पाइरहेको छ ।
अहिले ठुलो पर्दाका नायिकाहरु पनि लोक-दोहोरी गीतमा आकर्षित बनिरहेका छन् । ‘सालको पात टपरी हुने’ पछिल्लो समयको लोक दोहोरी गीतमा सर्वाधिक सफल गीत हो । यस गीतमा ठुलो पर्दामा अभिनय गरेकी नायिका मारिश्का पोखरेलले नृत्य गरेकी थिइन् । यस गीतको सफलताले मरिश्कालाई फिल्मबाट पाउन नसकेको सफलता हात पर्यो ।
दोहोरी गीतबाट नै मरिश्काले एक जमातको फ्यान कामइन् । अब मरिश्कालाई पछ्याउँदै पछिल्लो समय धेरै नायिकाहरु दोहोरी गीतको भिडियोमा काम गरिरहेका छन् । मरिश्काको जस्तै सफलता पाउने आश उनीहरुमा देखिन्छ ।
आधा दर्जन फिल्ममा काम गरिसकेकी नायिका सुरक्षा पन्तले फिल्मबाट सफलता पाएकी छैनन्। उनले अभिनय गरेको ‘अझै पनि, धनपती, भैरे, चङ्गा चेट, गोपी, रोमियो एण्ड मुना’ लगायतका चलचित्र रिलिज भइसकेको भएपनि दर्शकले उनलाई त्यतीसाह्रो नोटिस गरेको पाइदैन । उनै सुरक्षाले हालै मात्र नयाँ चलचित्र ‘घर’को छायांकन सकाएकी छिन् ।
अहिले सुरक्षा पन्तले एक दोहोरी गीतमा नृत्य गरेकी छिन् । सुरक्षाले पनि फिल्मबाट चर्चा पाउन नसकेपछि दोहोरीमा आँखा पुर्याएकी हुन् । उनले नृत्य गरेको ‘लाउँछ माया’लाई पनि दोहोरीमा सफल गीत मानिन्छ ।
यसै गरी अहिलेकी व्यस्त नायिका प्रियंका कार्कीको त दिनै जसो भिडियोहरु आइरहेको हुन्छ । उनले धेरै दोहोरी गीतमा पनि अभिनय गरिसकेकी छिन् । प्रियंका अहिले फिल्ममा भन्दा पनि म्युजिक भिडियोको काममा नै व्यस्त छिन् ।
नायिका निता ढुंगाना र केकी अधिकारीले पनि दोहोरी गीतमा कम्मर मर्काउन सुरु गरिसकेका छन् । उनीहरुलाई पनि दोहोरी गीतबाट सफलता हात पर्ने ठुलो आश छ ।
तपाईको प्रतिक्रिया
Published date : 2019-05-07