Flash

राजु बोहरा–काठमाडौँ । नेपाली लोक तथा दोहोरी गीतलाई कसरी हुन्छ फरक स्वाद स्वाद दिएर अशंख्य श्रोता तथा दर्शकहरुको मन मुटुमा बसाल्न बिगत निकै लामो समय यता देखि लागिपरेका गायक तथा सर्जक किरण बाबु पुनले फेरी अर्को आफ्नो प्रस्तुति “समय” बजारमा लिएर आएका छन् । पछिल्लो समय लोक तथा दोहोरी गीतमा केहि परिवर्तन आएको छ । अहिले मन्द बिटको गीतहरुमा श्रोता तथा दर्शकहरुको रोजाइ केहि थोरै पर्ने गरेको छ । यो समयमा बजारमा आएको यो “समय” बोलको गीतले कत्तिको श्रोता तथा दर्शकहरुको मन जित्न सफल हुने हेर्ने बाँकी छ ।

प्रस्तुत गीतमा किरण बाबु पुन र संजिवनिको सुमधुर स्वर सुन्न सकिन्छ । अजरअमर प्रेम कथामा तयार भएको यस गीतलाई लय शब्द किरण बाबु पुनले नै भरेका हुन् । यस गीतको म्युजिक भिडियोमा प्रेम थापा र सुसिला थापाको आकर्षक अभिनय देख्न सकिन्छ । भिडियोलाई निर्देशन बाबुराजा के.सी उज्जल ले गरेका हुन् भने छायांकन मधुर बस्नेत ड्रोन सन्तोष र सम्पादन नबिन घर्ति मगरले गरेका छन् ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

Published date : 2019-05-07

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ