Flash
काठमाडौं। नेपाली रंगमञ्च, कला, हास्य व्यंग्य र गीत संगीतका क्षेत्रमा पाँच दशक भन्दा लामो समयदेखि सक्रिय रहेको भन्दै रेडियो अन्नपूर्ण नेपालले कलाकार मदनकृष्ण श्रेष्ठलाई रेडियो अन्नपूर्ण नेपाल दीर्घ साधना सम्मान २०७६ बाट सम्मानित गर्ने निर्णय गरेको छ।
रंगमञ्च, कला, हास्य व्यंग्य , गीतसंगीत र लेखनका क्षेत्रमा श्रेष्ठले पुयाएको योगदानका सम्मान गर्दै पचास हजार नगद राशिसहिते सम्मान गर्ने निर्णय गरिएको रेडियो अन्नपूर्ण नेपालका स्टेशन म्यानेजर ठाकुर बेल्बासेले जानकारी दिए।
रेडियोको पाँचौ वार्षिकोत्सवका अवसरमा जेठ १४ गते एक विशेष कार्यक्रममा उक्त सम्मान श्रेष्ठलाई प्रदान गरिने स्टेशन म्यानेजर बेल्बासेले जानकारी दिए। यसअघि पहिलो पटक उक्त नेपाली र नेवारी गीत संगतीको श्रीवृद्धिमा योगदान पुर्याएको भन्दै वरिष्ठ संगीत साधक योगेश वैद्यलाई प्रदान गरिएको थियो।
Published date : 2019-05-10