Flash

राजु बोहरा–काठमाडौँ । नेपाली लोक तथा दोहोरी गीत संगीतको क्षेत्रमा लगानी बढ्दै गरेको छ  । यसरी बढेको लगानीमा तयार हुने गीतहरुमा सोहि अनुसार   ब्यवासाहिकता लाई पनि ध्यान दिएर तयार गर्न पर्ने बाध्यता कलाकारहरुमा छ ।  ब्यवासाहिकतालाई ध्यान दिईएन भने थोरै मात्रामा युट्युबको माध्यम बाट हुने लाभ पनि गुमाउन सकिन्छ । तर ब्यवासाहिक रुपमा तयार भएको गीतहरुले आफ्नै कला संस्कृति र मौलिकता गुम्ने हो कि भन्ने डरले भर्खरै मात्र तेजु परियारले पन्चेबाजा द्वारा सुसजित गीत ” मायाले बोले हुन्थ्यो केरे” बोलको गीतलाई बजारमा लिएर आएका छन् ।

यस गीतमा थुप्रै लोक तथा दोहोरी गीत र केहि आधुनिक गीतमा शब्द संगीत भरेका कलाकार अनिल खनालको शब्द संगीत रहेको छ  ।  अनिल यसपाली भने यस गीतको म्युजिक भिडियोमा बेहुलाको भूमिकामा पनि देखिएका छन् । तसर्थ उनलाई मोडलको रुपमा पनि चिन्न सकिने भएको छ । गीतको भाव अनुसार अनिलको बेहेमा जन्ती जाँदा उनको भाईलाई सोहि बिहेमा आएकी एक युवती मन परेको तर बोल्न डराएको प्रसङ्ग समाबेस गरिएको छ । गीतमा तेजु परियार र देबी घर्तीको सुमधुर स्वर सजिएको छ ।

बेहुला अनिलाई रेशम थापा, सरु गिरी र रुषा तामांगको पनि निकै रोमान्चक अभिनय देख्न सकिन्छ । “मायाले बोले हुन्थ्यो केरे” बोलको गीतको म्युजिक भिडियोलाई निर्देशन मौसम हिमालीले गरेका हुन् भने छायांकन करन चैंसिर र सम्पादन मनोज कार्कीले गरेका छन् ।

भिडियो हेर्न तल क्लिक गर्नु होला । 


 

Published date : 2019-05-17

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ