Flash

कुनै समय बलिउडमा बोल्ड अनि हट नायिकाको रुपमा आफनो परिचय बनाएकी नायिका तनु श्री दत्ता जब बलिउडमा फर्किएर आईन तब उनले ठुलै हंगामा मच्चाईन् । उनले बलिउडमा राम्रोसंग समर्थन नपाईसकेको मिटु अभियानलाई आगो दिने काम गरिन् । उनले चर्चित कलाकार नाना पाटेकर र गणेश आचार्य लगायतलाई यौन र्दुव्यवहारको आरोप नै लगाईन् । उक्त आरोपले बलिउडमा यस्तो माहोल सृजना गरिदियो की यसले धेरैको नाममा दाग लगाईदियो ।त्यसपछि मिटु अभियान यसरी फैलियो की केहीले काम गरिरहेको फिल्म छाड्नु प¥यो भने केहीले गुप्तवास नै बस्नु प¥यो । तनु श्रीले नानामाथि यौन र्दुव्यवहारमात्र होईन उनी सवार कारमाथि गुण्डा बोलाएर तोडफोड गर्न लगाएको भिडियो समेत सार्वजनिक त्यसले झनै नानाको आलोचना भएको थियो । आलोचना यति बढ्यो की उनलाई हाउसफु ४ बाट निर्माण टिमले निकाल्न नै बाध्य भए । यता प्रहरीले भने नाना पाटेकरलाई क्लिन चित दिएको छ ।

तनु श्रीले नानाबिरुद्ध ७ महिनाअघि मुम्बई प्रहरीमा उजुरी दर्ता गरेकी थिईन् । तर उनको आरोपमा प्रहरीसमक्ष दिईएको १२ देखि १५ जनाको बयानले पनि नाना बिरुद्धको आरोप पुष्टी हुन नसकेको भन्दै क्लिन चिट दिएको हो । यता तनुश्रीले भने नानामाथिको आरोपमा अझै पनि छानबिन चलिरहेको भन्दै नानालाई प्रहरीले क्लिन चिट नदिएको बताएकी छिन् । उनले भनिन् “हामीलाई थाहा छ की यो सबै हल्ला नानाको टिमले गरिरहेको छ । किनकी यौन र्दुव्यवहारको मुद्धाले उनले बलिउडमा काम पाईरहेका छैनन् । यस्तो हल्ला उनको बिग्रिएको इमेजलाई सुर्धान फैलाईरहेको छ । यस बारेमा मेरो वकिलले चाडैँ नै बयान दिनेछन्” ।

उनले डरको कारण मुख्य साक्षीले बयान दिन नसकिरहेको बताउँदै उनले यस मुद्धालाई कमजोर पार्न चलखेल भईरहेको बताईन् । उनले साक्षीहरुलाई फोनमार्फत धम्की मिलिरहेको उनले खुलासा गरेकीछिन् । तनुश्रीले सन २००८ मा नै हर्न ओके प्लिजको सुटिङमा नाना पाटेकरले आफुमाथि यौन दुर्व्यबहार गरेको आरोप लगाएकी थिईन् । त्यतीबेला पनि उनले यस घटनालाई सार्वजनिक गरेकी थिईन तर कसैले उनलाई साथ दिएन त्यसपछि तनुको फिल्मी करियर नै डामाडोल भएको थियो । तर जब उनी अमेरिकाबट छुट्टीमा उनी भारत फर्किन तब उनलाई बलिउडदेखि मिडियासम्मले निकै साथ दिएका थिए ।

Published date : 2019-05-17

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ