Flash
प्रतिभाशाली गायक कौशल राज खड्का संगीतका विद्यार्थी हुन। संगीतमा केही गर्ने सोचका साथ अघि बढीरहेका यी युवा गायकले यसअघि ‘ काली खोला ‘ बोलको गीत सार्वजनिक गरिसकेका छन। रचनाकार बि बी थापाको एकल रचना र कौशल राज खड्काको एकल स्वरमा आउने तयारीमा रहेको एल्बम ‘ मायाको डुङ्गा ‘ भित्र समाबेश गीत ‘यात्रा जिन्दगीको ‘ बोलको म्युजिक भिडियो हालै सार्वजनिक भएको छ।
भिडियोमा पछिल्लो समयका ब्यस्त मानिएका मोडेल बिकास लामिछाने र अन्जु चौलागाईको अभिनय देख्न सकिन्छ ।
गीतमा शब्द बी बी थापाको रहेकोे छ भने म्युजिक र म्युजिक एरेन्ज्मेन्ट मनोज चौलागाईंको रहेकोे छ। प्रकाश गुरुङले छायांकन, माधव बेलबासेले सम्पादन र नेत्र गुरुङको निर्देशनमा भिडियो निर्माण भएको हो।
Published date : 2019-05-21