Flash

गायक पेमामान सिंह तामाङ नयाँ गीतको म्युजिक भिडियो रिलिज संगै यु ट्युब बाट चर्चा कमाउदै आइरहेको छ ।गायक तामाङको केहि दिन अघि मात्र आफ्नै शब्द सगीत र स्वरमा रहेको गीत ‘नाइन टु फाइभ ‘को भिडियो सार्वजनिक भएको छ। बिशेष गरी ९ _ ५ को जागिर खाने व्यक्तिहरुको समस्या संग मिल्दो जुल्दो गरी निकै रमाइलो ब्यङगात्मक शैलीमा बनाइएको गीतको म्युजिक भिडियोमा सोनाम ब्लन लामा ,जोया श्रेष्ठ ,एमी लामा ,धर्म बज्र लामा ,समीर लामा ,सुजिल श्रेष्ठ लगायत साथीहरुको अभिनय रहेको छ। भिडियोमा सन्तोष लामाको सिनेमाटोग्राफी रहेको छ भने पेमामान सिंहको सम्पादन र निर्देशन रहेको छ । सन् २००१ मा पहिलो सांगीतिक एल्बम आएदेखि पेमाको करिब १ दर्जन जति गीतहरु आइसकेका छन भने पछिल्लो समय उनी समाजिक चेतना बढाउने खालका म्युजिक भिडियोको निर्माणमा बढी ब्यस्त छन् उनकै निर्देशन एबम उनकै कम्पनी [पी एम एस टी]को निर्माणमा धेरै भिडियोहरु बजारमा आइसकेका छ्न ।

Published date : 2019-05-22

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ