Flash

राजु बोहरा–काठमाडौँ । गोर्खाली प्रतिभावान युवा सर्जक बिगत निकै लामो समय यता नेपाली लोक तथा दोहोरी गीत संगीतको क्षेत्र सम्वृद्धिका लागि जुटीरहेका छन् । उनले यस अगी पनि आफ्नो सृजनामा निकै कर्णप्रिय गीतहरु बजारमा ल्याईसकेका छन् । बिशेष गरेर वियोगान्त गीतहरुमा आफ्नो सिर्जना बुन्न रुचाउने रमेशले फेरी लोक दोहोरी गीत “जोडी ढुकुर” बोलको गीत बजारमा ल्याएका छन् । भाग्यमा छ भने डोकोमा दुध दोएर अट्दैन । यस्तै भनाइ जस्तै रमेश परियारले आफुले चाहेको मान्छे अर्कैको अंगालोमा बाँधिएर जोडी ढुकुर झैं देख्नु परेको वियोगान्त भाव समाबेस गरेका छन् ।

रमेश परियार कै प्रस्तुतिमा बजारमा आएको यस गीतमा आर.सी सापकोटा र  रेजिना परियारको सुमधुर स्वर रहेको छ । सर्जक रमेश आफैंमा पनि यस गीतको भाव जस्तै कयौं बाधा व्यवधान खेप्दै आफ्नो दैनिकीलाई अगाडी बढाई रहेका युवा हुन् । त्यसैले पनि यस गीतमा कतै उनले आफ्नो वियोगान्त प्रेम भाव त समाबेस गरेनन भन्ने किसिमको प्रश्न चिन्ह यस गीत बाट खडा भएको छ ।

प्रस्तुत गीतको म्युजिक भिडियोमा सारिका के.सी र सुमन परियारको अभिनय देख्न सकिन्छ । सुमन परियार यस गीतकी गायिका रेजिना परियारको आफ्नै भाई हुन् । म्युजिक भिडियोलाई निर्देशन काजिश श्रेष्ठले गरेका हुन् भने छायांकन सागर गौतम र सम्पादन दिपक बिस्टले गरेका छन् । हामी यस गीत संग सम्बन्धित सम्पूर्ण कलाकारहरुमा सफलताको शुभकामना ब्यक्त गर्दछौं । यस गीतको म्युजिक भिडियोलाई आर.सी सापकोटा नामक युट्युब च्यानल मार्फत हेर्न सकिन्छ ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

Published date : 2019-05-27

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ