Flash

काठमाडौं। स्टार वान इन्टरटेनमेन्ट प्रालिले हरेक वर्षझैं यस वर्ष पनि मिस टिन एसईई प्रतियोगिता आयोजना गर्ने भएको छ।

आयोजक संस्थाकी अध्यक्ष पुजा निरौलाले एसईई दिएर बसेका किशोरीहरुमा व्यक्तित्व र आत्मविश्वास बृद्धि गर्न तथा उच्च शिक्षा हासिल गर्न सहायक सिद्ध होस्् भन्ने उद्देश्यले पाँचौ संस्करणको मिस टिन एसईई २०१९ आयोजना गर्न लागेको जानकारी गराइन्।

आगामी जेष्ठ ३२ गते राजधानीको जमलस्थित राष्ट्रिय नाचघर हुने प्रतियोगितामा सिम्रन शाही ठकुरी, समिका काफ्ले, कशिस जैसवाल, प्रिती गिरी, अस्मिता श्रेष्ठ, कृतिका केसी, जस्मिन सुनार, कृष्टिलिना स्थापित, बबिना खड्का, अनुष्का घिमिरे, अभिना केसी, अन्जु श्रेष्ठ, प्रियस्का खड्का, सुबिधा अधिकारी, कृपा गुरुङ, सरिता रुवाली, कृतिका श्रेष्ठ, युनिका बस्नेत, युनिसा पुन, श्रुती पौडेल, स्वीकृती पराजुली, कृती सिंखडा, सोफिया प्रसांइ, सिम्रन देव, सेलिना जोशी र लिना तामाङले प्रतिस्पर्धा गर्नेछन्। प्रतियोगिहरु हाल नयाँ वानेश्वरस्थित होटल रानी महलमा विभिन्न विषयका विज्ञबाट तालिम र प्रशिक्षण लिईरहेका छन्।

प्रतियोगिता बालकृष्ण पोखरेलको पेजेन्ट निर्देशन, संम्राट प्रसाद शाहको संयोजन र अश्विनी झाको कार्यक्रम सञ्चालन तथा कोरियोग्राफीमा सम्पन्न हुनेछ।

Published date : 2019-05-28

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ