Flash

रोशन पोखरेल , काठमान्डाँै , जेष्ठ १४
अमेरिका निवासी , साहित्यकार तथा गीतकार दिलिप योञ्जन तामाङ र लक्ष्मी गुरुङ तामाङद्धारा काठमान्डाँैको बुढानिलकण्ठ नगरपालिका वडा नम्बर १ तौलुङमा अवस्थित श्री जय भद्रकाली आधारभूत विद्यालयका ५२ जना विद्यार्थीहरुलाई पूर्ण भर्ना, विद्यालय पोशाक (ट्रयाकसुट र सर्ट पाइन्ट), जुत्ता (सेता र कालो), कपी कलम लगायतका ३ लाख ५ हजार ४ सय बराबरको छात्रावृत्ति उपलब्ध गराउनुभएको छ ।

गत शैक्षिक सत्रमा ५२ जना विद्यार्थीलाई उपलब्ध गराइएको पूर्ण छात्रावृत्तिलाई यस शैक्षिक सत्र २०७६ मा पनि निरन्तरता दिदै यस शौक्षिक सत्रमा पनी निरन्तरता दिइएको दिलिप योञ्जनले बताउनुभयो । उहाँले विगत ३ वर्ष देखी सो विध्यालयमा अध्ययनरत बालबालिकाको लागी आर्थिक सहयोग गर्दैँ आउनुभएको छ ।

गरिबी कै कारण पढ्न लेख्नबाट बञ्चित नहुन भन्ने आफनो चाहना रहेको ले आफुले सहयोग गरेकोे उहाँले बताउनुभयो । आफू सामुदायिक विद्यालयकै उत्पादन भएकोले पनि सामुदायिक विद्यालयमा पढ्न आउने केटाकेटीहरुको मनोविज्ञान र आर्थिक अवस्थाबारे राम्रो जानकारि रहेको बताउनुभयो ।

ज्याला मजदुरी गरेर दैनिक गुजारा चलाउने वर्गका केटाकेटी अध्ययन गर्ने सामुदायिक विद्यालयमा यसरी यति ठूलो मात्रामा छात्रावृत्ति पाउनु भनेको केटाकेटीहरुलाई पढ्ने वातावरण सहज गराउनु निकै स्वागत योग्य काम भएको विद्यालयका प्र.अ. बासुदेव थापाले बताउनुभयो ।

आगामी दिनमा पनि गीतकार तथा समाजसेवी दिलिप योञ्जनबाट आफनो विध्यालयका लागी सहयोग जुटने आशा बादी रहेको उहाँले बताउनुभयो ।

Published date : 2019-05-28

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ