Flash

मुम्बई। ‘इस प्यार को क्या नाम दूँ’ सीरियलबाट चर्चामा आएका अभिनेता बरुण सोबतीले केही दिन अगाडि आफ्ना फ्यानलाई खुशीको खबर सुनाए। बरुण र उनकी पत्नी पशमीन मनचन्दा विवाह गरेको आठ वर्षपछि आमा–बुवा बन्दैछन्।

‘ये रिश्ता क्या कहलाता है’ मा आफ्नो भूमिकाकालागि चर्चित अभिनेत्री प्रियंका छिब्बरले २०१२ मा बलिउड अभिनेता विकास कलंत्रीसँग विवाह गरेकी थिइन्। विवाह गरेको ६ वर्षपछि उनीहरुको घरमा नयाँ सदस्यको आगमन हुँदैछ। उनीहरु चाँडै आमा– बुवा बन्दैछन्।

पूजा शर्मा जसलाई अन्तिम पटक सीरियल ‘दीया और बाती’ मा देखिएको थियो। उनले २२ फेब्रअरी २०१६ मा टेलिभिजन शो ‘तू मेरा हिरो’ का निर्देशक पुष्कर पण्डितसँग विवाह गरेकी थिइन्। उनले २०१७ मा पहिलो पटक छोरी वियानालाई जन्म दिएकी थिइन्। अब उनी दोस्रो बच्चाकी आमा बन्दैछिन्। अहिले उनी गर्भवती भएको भारतीय संचारमाध्यमले जनाएका छन्।

टिभी अभिनेत्री नेहा कल जो अन्तिम पटक सीरियल ‘बहु हमारी रजनीकान्त’ मा देखिएको थियो। उनी पनि बच्चाकी आमा बन्दैछिन्। उनले व्यापारी लिजली सिंहसँग विवाह गरेकी थिइन्।

अभिनेता जय भानुशाली र पत्नी माही विज जो २०१० मा विवाह बन्धनमा बाँधिएका थिए। उनीहरुले यो वर्ष आफ्नो घरमा नयाँ सदस्यको स्वागत गर्ने भएका छन्।

चर्चित कमेडियन कपिल शर्मा पनि चाँडै बुवा बन्दैछन्। भारतीय संचारमाध्यमका अनुसार कपिलकी पत्नी गिन्नी चतरथ गर्भवती भएकी छन्। यद्यपी यो खबरको कपिल र गिन्नीले अझै पुष्टि गरेका छैनन्। कपिलले गत वर्ष डिसेम्बरमा गिन्नीसँग विवाह गरेका थिए।

Published date : 2019-05-31

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ