Flash

काठमाडौं । नोपली गीत संगीतमा केही फरक गरौं भने सोच लिएर सांगीतिक क्षेत्रमा उदाएका हेमन्त कान्छा रसाइलीले यतिबेला पुरानो गीत ‘सधैं दुख्यो मेरो दिलको घाउ’ लाई फरक तरिकाले प्रस्तुत गरेका छन् । पछिल्लो समय उनको स्वरमा आएको बालापनको चर्चा सेलाउन नपाउँदै पुरानो गीतको रिमेक भर्सनमा उनले ‘सधैं दुख्यो मेरो दिलको घाउ’ बजारमा ल्याएका छन् ।

हरेक किसिमको गीतलाई न्यायपुर्वक गाउन र सारङ्गीमा ढाल्न सक्ने हेमन्त कान्छाले धेरै दिग्गज कलाकारहरुको गीत आफ्नो नयाँ प्रस्तुतिमा अझ भनौ सारङ्गी रेटेरै दर्शक माझमा पस्किसकेका छन् । केहि समय अगाडि उनी आफैले शब्द संगीत संयोजन गरेर गाएका गीत “बालापन”ले पनि सर्वाधिक चर्चा कमाउन सफल रह्यो । अहिलेसम्म सम्म बालापन दर्शक स्रोता माझ गुन्जिरहेको छ, सामाजिक सञ्जाल र टिकटक मा पनि निकैनै चर्चा छ उक्त गीतको ।

उनै गायक हेमन्त कान्छाले निकै मनछुने पुरानो गीत “सधै मेरो दुख्यो दिलको घाउ” बोलको गीतलाई आफ्नो सारङ्गीमा ढालेर न्यायका साथ गायिका अमृता नेपाली सँग संयुक्त स्वर भरेर बजारमा ल्याएका छन् । दीपक क्षेत्री र रामु नेपाली द्वारा लिखित गीत “दुख्यो दीलको घाउ” लाई कभर जस्तै गरेर आफ्नै युट्युब च्यानल मार्फत सार्वजनिक गरेका छन् ।

गीतको भिडियोलाई विक्रम काउछा मगरले छायाँकन एवं निर्देशन गरेका छन् भने हुम गैरेले सम्पादन गरेका छन् । भिडियोमा हेमन्त कान्छा र अमृता नेपाली आफैं प्रस्तुत भएर चौतारीमा बसेर विरहका वेदना पोखेका छन् ।

म्युजिक खबर मार्फत साभार

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

Published date : 2019-06-02

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ