Flash

राजु बोहरा–काठमाडौँ । नेपाली लोक तथा दोहोरी गीत संगीतको क्षेत्रमा पछिल्लो समय वियोगान्त गीतहरु धेरै बजारमा आइरहेको बेला नुवाकोट शिवपुरी ७ का प्रतिभावान युवा कलाकार सुन्दर आर.डी ले एक संयोगान्त गीत बाट अशंख्य श्रोता तथा दर्शकहरुको मन जित्नका लागि लोक दोहोरी गीत “तिम्रै भर पर्दिन्छु” भर्खरै बजारमा लिएर आएका छन् । उनले यस अगी “सकिन खोलि फर्काउन” बोलको गीत ल्याएका थिए ।

यस गीतको सफलता पछी यो सुन्दरको दोश्रो सांगीतिक कोसेली हो । निकै लामो समय यता बस्दै आएको प्रेम सम्बन्ध लाई अटुट र अजम्बरीको चाह गर्दै तयार पारिएको यस गीतमा सुन्दर आए.डी लाई गायिका पार्वती कार्कीले स्वरमा साथ दिएकी छिन् । बिशेष गरी हामी सम्पूर्ण नेपालीहरुले आफ्नै कला संस्कृति र मौलिक परम्पराको जगेर्ना गर्नु पर्छ भन्ने मूल उदेस्य बोकेर काँठ क्षेत्रको सुगन्ध प्रदान गरिएको यस गीतमा लय सुरेन श्रीजन र सुन्दर आर .डी ले तयार तयार परेका हुन् भने शब्द सुन्दर को नै रहेको छ ।

सार्थक डिजिटल प्रालिले बजारमा ल्याएको यस गीतको म्युजिक भिडियो पनि तयार भैसकेको छ । निकै आकर्षक र मन छुने भाव लहरीमा तयार पारिएको यस गीतको म्युजिक भिडियोमा सुन्दर आर.डी र ऋतु तामांगको अभिनय देख्न सकिन्छ । भिडियोलाई निर्देशन सुरेन श्रीजनले गरेका हुन् भने छायांकन तथा सम्पादन दिपेन्द्र भट्टले गरेका छन् ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

Published date : 2018-01-01

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ