Flash

चर्चीत गायक भुवन प्यासीको फरक शैलीको गीत “हे बरै’को भिडियो सार्वजनिक भएको छ ।विशेष गरी आधुनिक गीतमा आफ्नै शैलीका कारण लोकप्रिय बनेका गायक प्यासीले लोक, आधुनिक र र्याप मिसाउदै “हे बरै ” को गीत बजारमा लिएर आएका हुन्।

गीतमा शब्द तथा संगीत प्यासीको नै रहेको छ। उनलाई गीतमा गायिका मेलिना राईको साथ दिएकी छिन् ।मिस्टर आरजेले गीतमा र्याप दिएका हुन् भने पुस्कर सुनुवारले संगीत संयोजन गरेका हुन् ।ललिपुरको गोदाबरी गार्डेन परिसरमा छायांकन गरिएको यस गीतमा गम्भीर विष्ट र जेविका कार्कीलाई फिचरिंग गरिएको छ ।गायक प्यासीको पनि गीतमा अभिनय रहेको छ ।

गीतको भिडियोलाई अहिलेका चर्चित तथा व्यस्त निर्देशक शिव विकले निर्देशन तथा कोरियोग्राफी गरेका हुन् ।अर्जुन तिवारीले छायाकंन रहेको भिडियो सुप्रिम पराजुलीले सम्पादन गरेका हुन् ।केहि समय अघि ‘माईली’ गीत लिएर आएका गायक भुवन प्यासीको ‘हल्का हल्का’ ,ट्राफिक जाम’ जस्ता सफल गीतहरु बजारमा लिएर आईसकेका छन् ।

Published date : 2019-06-10

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ