Flash

भनिन्छ कोसिस गर्नेहरुको कहिले हार हुदैन । कलाकारितामा लाग्ने चाहनेहरुले निरन्तर कोसिस र धैर्यताले कुनै दिन उनीहरुको जिन्दगीमा ट्रनिङ पोइन्ट आउँछ। हरेक दिन नयाँ कलाकारहरुको आगमन नेपाली संगीत र सिनेमा क्षेत्रमा दिनानुदिन भैरहेको छ। नयाँ नयाँ टेस्टका गीत र भिडियोले नेपाली कला क्षेत्र भरिपूर्ण हुँदै छ।
यस्तै केही दिन अघि नव गायक वाङ छिरिङ भोटियाले आफ्नो पहिलो अफिसिएल म्युजिक भिडियो ‘ कस्ले भन्यो ‘ सार्वजनिक गरेका छ्न। गीत संगीतमा निकै रुचि राख्ने गायक भोटियाले यसअघि केही अडियो गीत सार्वजनिक गरिसकेका छन। द डिभाइन म्युजिक को च्यानल मार्फत सार्वजनिक गरिएको यस गीतलाई दर्शकको सकारात्मक प्रतिक्रिया प्राप्त भैरहेको छ।
‘ कस्ले भन्यो ‘ बोलको यस गीत शब्द , संगीत र एरेन्जमेन्ट अहिलेका चर्चित संगीतकार अर्जुन पोखरेलको रहेको छ। गीतमा स्वर वाङ छिरिङ भोटियाको रहेको छ। गीतको भिडियोलाई ज्ञानेन्द्र शर्माले खिचेका हुन भने निशान घिमिरेले भिडियो सम्पादन गरेका हुन। भिडियोमा जुना सुन्दास र अभिषेक श्रेष्ठको अभिनय रहेको छ । प्रथम क्षेत्रीको कोरियोगार्फी र निर्देशनमा भिडियो निर्माण भएको हो।

Published date : 2019-06-11

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ