Flash

भारतीय चर्चित सिंगिङ रियालिटी शो सारेगमप लिटिल च्याम्समा सहभागी भई नेपाल र भारत दुबै देशमा चर्चा र माया कमाउन सफल आयुष केसी स्वदेश फिर्ता भईसकेका छन् । शोमा चौथो स्थान हासिल गरेका आयुषले सारेगमपको यात्रा अवधीमा जज तथा जुरीहरुको खुबै माया र साथ पाएका थिए । अडिशन राउण्डदेखि नै अब्बलरुपमा प्रस्तुत हुदै आएका आयुषले सुरुवाती चरण र अन्तिम अन्तिम चरणतिर आफनो उत्कृष्ट प्रर्दशन गर्दै फाईनलसम्मको यात्रा तय गरेका थिए । चिटिक्क नेपाली ढाका टोपी लगाएर भारतीय च्यानलमा उनले आफनो उत्कृष्ट प्रर्दशन गरिरहदा सबै नेपालीहरुले गर्वको महसुस गरेका थिए ।

शोमा जज तथा जुरीहरुले पनि उनको इनोसेन्ट अनुहार र गायिकीको खुबै प्रशंसा गर्न गर्थे । जे होस चौथो स्थान हासिल गरे पनि आयुष निकै खुसी छन् किनकी भारतीय चर्चित शोमा यहाँसम्मको यात्रा गर्नु पनि ठुलो कुरा हो जुन कुरा उनले राम्रोसंग बुझेका छन् । नेपालको सुरशाला आईडियलको बिजेता समेत रहेका आयुषलाई नेपाल फिर्ता भएसंगै उनी अध्ययनरत स्कुलले सम्मान गरेको छ ।

भक्तपुरका आयुषलाई मोर्डन स्कुलले मंगलबार एक कार्यक्रमका बीच एक लाख नगदसहित सम्मान गरेको हो । उनलाई सूर्यविनायक नगरपालिकाका नगर प्रमुख बासुदेव थापा, विद्यालयका प्रचार्य अनिल कसपाल, सूर्यविनायक नगरपालिका वडा न।४ वडाअध्यक्ष उत्तम थापा लगायतले सम्मान गरेका हुन् । उनलाई स्कुले बाजागाजका साथ भव्य स्वागत गरेको थियो भने उनको सम्मानले सबै बिद्यार्थीले हर्षउल्लाषका साथ ताली बजाएर स्वागत गरेका थिए । सम्मानित भएपछि उनले गीत गाएर पनि सुनाएका थिए ।

Published date : 2019-06-12

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ