Flash

भारतको चर्चित सिंगिङ रियालिटी शो सारेगमप लिटिल च्याम्समा सहभागी भई सेकेण्ड रनरअप भएका इटहरीका प्रितम आचार्य नेपाल फर्किसकेका छन् । अडिशन राउण्डदेखि नै आफनो चमत्कारी गायन प्रस्तुत गर्दै आएका उनी अधिकांश प्रस्तुतीमा अब्बल ठहरिए । शोका जज , जुरीदेखि बलिउड कलाकारहरुले समेत उनको प्रशंसा गरेका थिए । कति कलाकारहरुले त सामाजिक संजालमा प्रितमको प्रशंसा पनि गरेका थिए । शोमा सहभागी हुँदै गर्दा उनले नेपाल र नेपालीहरुको नाम चम्काए थिए । कबिर ५ महिना मुम्बईमा बसेर बलिउडका चर्चित कलाकारहरुको समेत संगत गर्न पाएका उनले ती चर्चित कलाकारहरुबाट राम्रो समर्थन र माया पाएका थिए । तर प्रितमलाई बलिउडकी धकधक गर्ल माधुरी दिक्षितबाट पाएको प्रशंसा उनका लागि बिषेश रह्यो ।

उनले भने “कार्यक्रम रेकर्डिङ भएका बेला खाना खाने समयमा मलाई छेउमा बोलाएर तिमी धेरै राम्रो गाउँछौ, तिमी र म एकचोटी अवश्य काम गर्छौँ भन्नुभयो।” उनले सुरुवातमा शोमा फाईनल सम्मको यात्रा तय गुरुला भन्ने नसोचेको तर सबैको मायाले सम्भव भएको बताए । उनले तेस्रो स्थान हासिल गर्दा पनि खुसी छन् । नेपालमा समेत गीत रेर्कडिङको अफरहरु पाईसकेको बताएका प्रितम अब जिटिभीले गर्ने कन्सर्टहरुमा सहभागी बन्नेछन् । उनले दिल्लीदेखि दक्षिण अफ्रिकासम्मको यात्रा तय गर्नेछन् ।

कन्सर्टका लागि उनी दुई महिनापछि पुन मुम्बई जाँदैछन् । आयोजकले कन्सर्टको ६० प्रतिशत आफुहरुले लिने ४० प्रतिशत सहभागीलाई बाड्ने बताएको सुनाए । भारतमा रहँदा नेपालको डाँडाकाडा , खान र सबै परिवार मिस गरेको बताउँने उनी अब सांगेतिक यात्रासंगै अध्ययनलाई पनि निरन्तरता दिने योजनामा रहेका छन् । यसअघि सुरशाला आईडियलका फस्ट रनरअप रहेका प्रितमको चर्चा यतिबेला सारेगमपको कारण थप चुलिएको छ ।

Published date : 2019-06-12

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ