Flash

पुराना चर्चित गायक सचिन रौनियारको
नयाँ गीत ‘माया सररर’ शुक्रबार सार्वजनिक गरिएको छ। ए मान्छे बोलको गीतको अपार सफलता पछि गायक रौनियारले दर्शक माझ पुन अर्को गीत ‘माया सररर’ ल्याएका हुन । गीतमा गायक रौनीयारलाई अर्का पुराना गायक जीतेन लेप्चाले साथ दिएका छन् भने शव्द तथा संगीत जितेन लेप्चाको नै रहेको छ । मोडल तथा नायिका आँचल शर्माको अभिनय रहेको ‘माया सररर’ को भिडियोलाई सुब्रतराज आचार्यले निर्देशन गरेका हुन भिडियोमा गायक सचिन रौनियार तथा जितेन लेप्चा दुबै जना नायिका आचल शर्माको पछि लागेर गीत मार्फत फकाउन खोजिएको देखाइएको छ। नौबिसे स्थित एक सुन्दर रिसोर्टमा छायांकन गरिएको भिडियोमा नबराज उप्रेतीको सिनेमाटोग्राफी र बिकाश ज्ञवालीको सम्पादन रहेको छ।
गीत रोमान्टिक पाराको भएका कारण यस गीतलाई पनि दर्शकले ए मान्छे लाई जसरी मनपरादिने कुरामा आफु विश्वस्त रहेकाको गायक रौनियारले बताए । गीतलाइ एट के एभरेस्ट मोसन पिक्चरको युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।

Published date : 2019-06-22

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ