Flash

मुम्बई। बलिउड अभिनेत्री करिश्मा कपुरले केही दिन अगाडि आफ्नो ४५ औं जन्म दिन मनाइन्। उनले जन्म दिनको अवसरमा आफ्ना फ्यानकालागि एक खास तस्वीर शेयर गरेकी छन्। जुन तस्वीर लाखौं पटक हेरिएको छ।

आफ्नो ४५ औं जन्म दिनकाको अवसरमा करिश्माले कालो मोनोकोनीलगाएर खिचिएको एक तस्वीरमा आफ्नो उमेरलाई चुनौती दिएकी छन्। करिश्माले केही दिन अगाडि आफ्नो जन्मदिन आफ्नी आमा बबीता र बहिनी करीनासँग लन्डनमा मनाएकी थिइन्।

इन्स्टाग्राममा शेयर भएको तस्वीरमा करिश्मा समुद्र किनारको एक स्वीमीङ पूलमा पोज दिइरहेकी छन्। तस्वीर शेयर गर्दै करिश्माले लेखेकी छन्–हरेक उमेरमा आफूलाई माया गर्नुस्।’

पछिल्लो समय करिश्मा फिल्मी क्षेत्रबाट टाढा भएपनि उनी समाजिक संजालमा भने निकै सक्रिय रहन्छिन्। यस्तोमा समाजिक संजालमा भाइरल एउटा तस्वीरमा उनी आफ्नो भदाहा तैमुर अली खान र बहिनी करिना कपुरसँग देखिएकी छन्। यो तस्वीरमा करिश्माका फ्यानले निकै मन पराएका छन्।

Published date : 2019-06-28

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ