Flash

धेरै हिट हिट म्युजिक भिडियोहरु निर्देशन गरेर कहलिएका निर्देशक जीवन रसाईली अब भने गायनमा पनि जम्ने कोसिसमा छन। गायक रसाईलीको नयाँ गीत “अमिलो निबुवा” को म्युजिक भिडियो रिलिज भएको छ । दिपक सिलवालको शब्द तथा संगीत रहेको उक्त गीतमा कुसल सिंहको एरेन्ज रहेको छ भने गायक रसाईलीलाइ गायिका निकिता थापाले गायनमा साथ दिएकी छिन। “अमिलो निबुवा”मा टिकटकका सर्वाधिक हिट ट्वीन गर्लस् प्रिज्मा खतिवडा र प्रिन्सी खतिवडा , दीपा श्रेष्ठ र दमन्ता श्रेष्ठ , शिशिर भण्डारीको साथ मिलन शंकरको अभिनय रहेको छ जुन टिमको यस अघिको हाम्रो माया जिन्दावादलाइ अत्त्यधिक मन पराइएको थियो । हाम्रो माया जिन्दावाद बोलको सफलता पछि सार्वजनिक भएको उक्त डान्सिङ गीतमा माया पिरतीको भाव समावेश गरिएको छ ।

“अमिलो निबुवा” भिडियोलमा नबराज उप्रेतीले छायाँकन नबिन निरौलाको सम्पादन र गम्भीर बिस्टको कोरियोग्राफी र जीवन रसाईलीको नै निर्देशन रहेको छ । हाल अस्ट्रेलियाको लोकप्रिय नेपाली च्यानल ‘हेल्लो अस्ट्रेलिया टिभी ‘मा आबद्ध गायक जीवन रसाईलीले यस गहि पनि धेरै सामजिक चेतनाका र कमर्सियल गीतहरु गाइसकेका छन भने उनले नेपली लगायत पन्जाबी, हिन्दी , भियतनामी ,इंग्लिश गीतको म्युजिक भिडियोको निर्देशन गरिसकेका छन।

http://www.youtube.com/watch?v=CPhKQlXjtKs

Published date : 2019-06-28

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ