Flash

पछिल्लो समयमा गीतसंगीत छेत्रमा चर्चित गाइका दिलकुमारी श्रेष्ठ निकै मिठो र आशा लाग्दो स्वर कि धनि हुन् | उनले निकै नै चर्चित लोकदोहोरी र आधुनिक गीतहरु बजारमा ल्याइसकेकी छिन् | संगीत छेत्रमा जीवन बिताउने बताउने उनि पछिल्लो समयमा “फूलमा खोजें”,”तिम्रो मेरो नाता”,”शिबजी नै  छक्क”,”घोर्ले स्याल”,”सुख दुख”,”बालै भएन” जस्ता चर्चित गीतबाट चर्चा कमाइरहेकी श्रेष्ठ अर्को गीति कोसेली बजारमा ल्याउने तयारीमा रहेकी छिन् | हँसिलो, सहयोगी,मिलनसार स्वाभाबकि धनि श्रेष्ठ   बिभिन्न सांगीतिक कार्यक्रममा ब्यस्त रहेकी छिन् | उनको मिठो स्वरमा अझै थुप्रै गीतहरु सुन्न पाइयोस्  |

 

.सन्चै हुनुहुन्छ ,के गर्दै हुनुहुन्छ ?

हजुर म सन्चै छु | अहिले चाहिँ गितासंगीताकै कार्यक्रमहरुमा ब्यस्त छु |

२.तपाइँ कस्तो गीतहरु गाउँन रुचाउनुहुन्छ?

म चाहिँ रोम्याटिक र आइटम गीतहरु गाउँन बढी रुचाउछु |

३.तपाइले अहिलेसम्म कतिओटा गीतहरु बजारमा ल्याउनुभयो?

मैले ऐलेसम्म १४ ओटा गीतहरु बजारमा ल्याइसकेको छु र केहि बजारमा आउने तयारिमा रहेका छन् |

४.तपाइँ यो छेत्रमा आउनुको मुख्य कारण?

सानै देखिको गितासंगित प्रतिको रहर भएर नै हो | सबैले तिम्रो स्वर राम्रो छ ,तिमि गाइका बन्नुपर्छ भनेर हौसला र प्रोत्साहन दिनुहुन्थ्यो | र अहिले आएर गाएन छेत्रमा कुशल गाइका बन्ने नै मेरो लक्ष्य बनेको छ |

५.गितासंगित छेत्रमा बिकृती आयो भन्छन ,कुरा के हो?

गितासंगित छेत्रमा बिकृती आएको हैन,तर अहिलेको श्रोताको  माग अनुसार हामीले गीतहरु प्रस्तुत गर्दा पुरानो धारणा भएका व्यक्तिहरुलाई अपाच्य भएको हो | अहिले मानिसहरु जमाना खराब छ भन्छन् तर कोहि पनि आफ्नो चाहना खराब भयो भनेर सोच्दैनन् |

६.सबै भन्दा खुसीको दिन कहिले भएको थियो?

खुसी त म प्राय सधै नै हुन्छु| तर सबै भन्दा खुसी चाहिँ म पहिलो चोटी आफ्नै स्वरमा गित रेकर्ड गर्न स्टुडियोमा पाइला टेक्दा भएको थिएं |

७.प्रेम के हो,प्रेम प्रस्ताब कत्तिको आउछन?

प्रेमको परिभासा धेरै छन् जुन् म बयान गर्न पनि सक्दिन | प्रेम प्रस्ताब भन्नु पर्दा आउछन,नआउने हैन तर म त्यसलाई श्रोताहरुको माया सम्झुन्छु |

८.कलाकार हुनलाई रुप अनि पैसा भए पुग्छ रे हो?

यो एकदमै गलत धारणा हो | कलाकार हुनलाई आफुमा कला ,लगनसिलता र साधना हुनुपर्दछ |

९.महिला गाइएकाहरुले कला नभए पनि गीत गाउने मौका पाउछन रे हो?

एस्तो त खै हुन नपर्ने हो | उसंग गाउने कला र गला नभए कसरि गाउँन सकिन्छ र हैन त |

१०.गीतसंगीतले तपाईलाई के दियो अनि तपाइले गीतसंगीत छेत्रलाइ के योगदान दिनुभयो?

गीतसंगीत भनेको मानिसको भावनालाई पोख्ने माध्यम एक माध्यम हो |गितासंगीतले मलाइ हजारौ श्रोतामाझ चिनिने मौका दियो | गीतसंगीत छेत्रलाई मेरो व्यक्तिगत तर्फबाट साधना अनि मिठा मिठा गीतहरु पस्किरहेकी छु |

११.अन्तिमा भन्न छुटेको केहि छ जस्तो लाग्छ?

भन्न त सबै भने जस्तो लाग्छ र पनि मलाइ यो गीतसंगीत छेत्रमा प्रतक्ष्य र अप्रतक्ष्य रुपमा सहयोग गर्नुहुने सहयोगी हातहरु तथा मेरो गितहरु सुनेर मलाइ माया गर्नुहुने सम्पूर्ण श्रोताहरुलाई सम्झन चाहन्छु | मेरा केहि कुरा तपाईहरु सामु पोख्ने मौका दिनुभएकोमा   अनलाइनलाइ पनि धेरै धेरै धन्यबाद दिन चाहन्छु |

Published date : 2018-01-03

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ